+

टाइगर कप भलिबल : न्यु डायमन्डसँग थाइल्यान्ड क्वीन्स पराजित, पुलिस फाइनलमा

२०८२ माघ  १४ गते १९:२६ २०८२ माघ १४ गते १९:२६
टाइगर कप भलिबल : न्यु डायमन्डसँग थाइल्यान्ड क्वीन्स पराजित, पुलिस फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिलातर्फ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब पुगेका छन्।
  • न्यु डायमण्ड स्पोर्ट्स क्लबले थाइल्याण्ड क्विन्सलाई २५–२१, २५–२३, २५–२० ले पराजित गरी लिग चरणमा अपराजित रह्यो।
  • महिलातर्फ तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबीच बिहीबार खेल हुनेछ भने फाइनल खेल शुक्रबार हुनेछ।

१४ माघ, पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिसबीच फाइनल खेल हुने भएको छ ।

लिग चरण अन्तगर्त पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेपछि विभागीय टोलील नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशालको आउटडोर भलिबल कोर्टमा भइरहेको प्रतियोगिता मौसम प्रतिकुलताका कारण बुधबार कभर्डहलमा खेलाइएको हो ।

महिलातर्फ न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई २५–२१, २५–२३, २५–२० ले पराजित गरेको हो ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको न्यू डायमण्ड लिग चरणमा अपराजित रह्यो ।

थाइल्याण्ड क्विन्स पराजित भएपछि ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्ड क्विन्सले भने ४ खेलबाट ६ अंक मात्र जोड्न सक्यो ।

अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि बिहीबार खेल हुनेछ भने फाइनल खेल शुक्रबार हुनेछ ।

बुधबारै पुरुषतर्फ पनि लिग चरणका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र एपीएफ क्लबबिच हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ बीच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा दुवैतर्फ शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

तस्बीर : टाइगर ग्रुप पोखरा

छैटौं टाइगर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय