News Summary
Generated by OK AI. Editorially reviewed.- टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
- महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
- थाइल्याण्ड क्वीन्स र एपीएफ तेस्रो स्थानका लागि भिड्नेछन्।
१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।
यसअघि आजै भएको महिलातर्फका खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यु डायमन्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । तेस्रो स्थानका थाइल्याण्ड क्वीन्स र एपीएफ भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया 4