+
+

भारतको टी-२० विश्वकप टिम : अक्षर पटेलको स्थानमा शार्दुल ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १८:३५

२७ असोज, काठमाडौं । टी–२० विश्वकपका लागि भारतीय टिममा शार्दुल ठाकुरले स्थान बनाएका छन् । उनले अक्षर पटेलको स्थान लिएका हुन् ।

अलराउण्डर पटेल १५ सदस्यीय टिममा थिए । तर अल इण्डिया सिनियर सेलेक्सन कमिटीेले टिम प्रबन्धनसँग छलफल गरेपछि पटेलको स्थानमा शार्दुल ठाकुर आएका छन् ।

पटेललाई भने रिजर्भ खेलाडीमा राखिएको छ । टी–२० विश्वकपका लागि भारतले कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा रहेको टिम बनाएको छ । जसमा एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, हार्दिक पाण्डेय, रवीन्द्र वडेजा, राहुल चाहर, रवीचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण तक्रवर्ती, जयप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी छन् ।

रिजर्भ खेलाडीमा श्रेयश अथ्यर, दीपक चाहर र अक्षर पटेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?