+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दशैं

रासस रासस
२०७८ असोज २९ गते १५:४८
फाइल तस्वीर

२९ असोज, बैतडी। धान भित्र्याउने समयमै दशैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको भनाइ छ ।

वर्षदिनमा एकपटक मात्रै आउने दशैं मनाउन घर फर्किएकाले आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशका किसानलाई भने दशैं लागेको अनुभूति हुन सकेको छैन् ।

बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला यहाँका किसान खेतबारीमै देखिन्छन् । बर्खेबाली भित्र्याउन चटारो भएकाले यस प्रदेशका किसान अहिले खेतबारी मै व्यस्त देखिन्छन् ।

बिहान सबेरै खेतबारी तथा खरफागला पुग्ने यहाँका किसान साँझ अबेर मात्रै घर पुग्ने गर्दछन्। दशैंभन्दा पनि यहाँका किसानलाई बर्खेबाली भित्र्याउन तथा खर काट्नमै व्यस्त रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले बताए ।

‘मकै र धानबाली भित्रयाइएको छ, आजभोलि भटमास, सोइटालगायत दलहन बाली भित्र्याउन लागिएको छ’, उनले भने, ‘महिला भने खर काट्नमै व्यस्त छन्।’

कैलाली र कञ्चनपुरका किसानलाई पनि आजभोलि धान भित्र्याउनमै दिन जाने गरेको छ । दशैंभन्दा पनि उनीहरुलाई बालीनाली भित्र्याउनमै दिन जान गरेको छ । उनीहरुका लागि खेतमै दशैं छ । लगातारको वर्षाका कारण यसअघि पाकेको धान भित्र्याउन नपाएकाले हालसम्म मौसमले साथ दिएको कञ्चनपुर वेदकोटका किसान मोहन विष्टले जानकारी दिए ।

‘मेहनत गरेर पलाएको धानबाली भित्र्याउन नपाउने भन्ने चिन्ता थियो, मौसमले आजभोलि साथ दिएको छ’, उनले भने, ‘दशैंभन्दा पनि किसानका लागि खेतमा लगाएको बाली भित्र्याउने मुख्य प्राथमिकता छ ।’ वर्षदिनमा एकपटक आउने चाडमा रमाइलो गरि मनाउन रहर भएर पनि फुर्सद नपाउँदा खेतमै अधिकांश समय जाने गरेको किसानको भनाइ छ ।

यो समय यहाँका किसान बढी व्यस्त हुने भएकाले दशैं खासै मनाउन पाउँदैनन् । बर्खेबाली भित्र्याउने र हिउँदे बाली छर्ने समय रहेकाले यहाँका किसानलाई दशैंतिहार मनाउनभन्दा पनि खेतबारीमै बढी व्यस्त हुन्छन् ।

सुदूरपहाडका महिलाहरु भने यो समय बढीजसो खरफागला काट्नमै व्यस्त हुने गरेका बैतडीका केशरी भट्टले बताए । उनले भने, ‘यो समय भनेको कामको चटारो हुने हो, महिला भने बिहान उज्यालो नहुँदै खरफागला पुन्ने गर्छन, राति अबेर मात्रै घर पुग्छन् ।’

त्यसैले होला, दिनभरि काममा व्यस्त हुने किसानलाई दशैंले छोएको छैन् । उनले भने, ‘खाना खाने फुर्सद समेत नहुने किसानलाई दशैंको रमाइलोबारे थाहा नै हुँदैन, दशैंभन्दा पनि काम सक्यान मै ध्यान बढी हुन्छ, त्यसमै सन्तुष्ट हुनुपर्छ।’

तराईका किसानको मुख्य आम्दानीका स्रोतका रूपमा धानबाली रहेकाले दशैं मनाउनेभन्दा पनि धेरै समय खेतमै हुन्छ । यो प्रदेशअन्तर्गत तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धान खेती हुने गरेको छ । यो प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन हुन्छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?