+
+
Shares

राम रहिमलाई जन्मकैदको सजाय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १८:३९

१ कात्तिक, काठमाडौं । रणजीत सिंह हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै उनलाई ३१ लाख भारु जरिवाना पनि तोकिएको छ ।

सिरसाको डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्यामा सीबीआईको विशेष अदालतले जन्मकैदको सजाय र ३१ लाख जरिवानाको फैसला सुनाएको हो ।

रणजीत सिंह डेराको प्रबन्ध समितिका सदस्य थिए । उनको सन् २००२ मा हत्या भएको थियो । अदालतले १२ अक्टोबरमा नै राम रहिमलाई दोषी ठहर गरेको थियो ।

राम रहिम एक पत्रकारको बलात्कार र हत्याको मुद्दामा अहिले पनि जेल सजाय भोगिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?