+
+

कर्णाली नदीको बाढीले खतराको सतह नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ९:२६

२ कात्तिक, धनगढी । कर्णाली नदीको बाढीले खतराको सतह नाघेको छ ।

चिसापानी बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले नदीमा पानीको सतह खतराको तह पार गरेर ११ मिटर पुुगेको जानकारी दिए । उनकाअनुसार कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।

लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेको बताउँदै सूचना अधिकारी जोशीले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको जनाए ।

उनले प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि सुरक्षाकर्मी परिचालन गरिएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?