+
+
Shares

जुम्लामा बाढीले मार्सीधानको फाँट बगायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १२:४०
फाइल तस्वीर

२ कात्तिक, सुर्खेत । अविरल वर्षाका कारण आएको बाढीले जुम्लामा मार्सीधानको फाँट बगाएको छ ।

तिला र हिमा नदी किनारमा रहेका खेतमा बाढी पस्दा भित्र्याउने तयारी अवस्थाको मार्सीधानबालीमा ठूलो क्षति भएको जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जानकारी दिइन् ।

‘अत्याधिक वर्षातका कारण तिला र हिमा नदी उर्लिएको छ । अनुगमनको क्रममा नदी किनारमा रहेका मार्सीधानका फाँटहरु बगाएको अवस्था छ,’ प्रजिअ प्रसाईंले भनिन् ।

मार्सीधानको उद्गमस्थल मानिने लाछुज्यूलाको आधा भाग बाढीले बगाएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । उनका अनुसार बाढीले त्यस क्षेत्रमा ठूलाठूला काठका पुलहरु समेत बगाएर ल्याएको छ ।

वर्षाका कारण तातोपानी गाउँपालिका–४, हाँकु क्षेत्रको ठाँटाज्यूलामा समेत ठूलो क्षति भएको स्थानीय देवीप्रसाद पाण्डेले बताए ।

यस्तै चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढीले ठूलो क्षति गरेको स्थानीय धनरासी भण्डारीले जानकारी दिइन् । तिला गाउँपालिका–४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेतीमा क्षती भएको स्थानीय प्रेमबहादुर शाहीले बताए ।
दशैंपछि जुम्लाका अधिकांश जिउलामा धान काट्न शुरु गरिएको छ । तर आइतबार साँझबाट पर्न थालेको अविरल वर्षा र बाढीले ठूलो क्षेती गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

‘दशैं लगत्तै धमाधम धान काट्न जुटेका थियौं तर, एक्कासी परेको पानीले काटेको सबै धान खेतमै डुबेको छ,’ चन्दननाथ –१० की किसान घुतुमा सार्की भन्छिन्, ‘यो वर्ष धान राम्रो फलेको थियो, तर धान भित्र्याउन पाएका छैनौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?