+
+

१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १४:१५

२ कात्तिक, पाल्पा। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् ।

सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?