+
+

टी–२० विश्वकपमा स्कटल्याण्डको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १९:१९

२ कात्तिक, काठमाडौं । टी–२० विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई १७ रनले हराइएको हो ।

स्कटल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । उसका नोर्मन भनुआले सर्वाधिक ४७ रन बनाए । स्कटल्याण्डका जोश डेभीले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा सबै विकेट गुमाएर १६५ रन बनाएको थियो । उसका लागि रिची बेरिङटनले ७० रन जोडे भने म्याथु क्रसले ४५ रन । कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?