

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगिज क्लब पेनफिकालाई ४-० ले पराजित गरेको छ ।
वेनफिकाको मैदान बायर्नले एकपक्षिय जित हात पार्दा लरेय सानेले दुई गोल गरे । रोवर्ट लेवान्डवस्कीले एक गोल गर्दा वेनफाकाका एभरटनले एक आत्मघाती गोल गरेका थिए ।
भिएआरले दुई गोलललाई मान्यता नदिए पनि बायर्नले अन्तिम २० मिनेटमा चार गोल गरेको थियो ।
समूह ई मा शतप्रतिशत जित हात पारेको बायर्न ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।
पहिलो हारपछि वेनफिका तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment