+
+

एक घण्टाभित्र २३ बर्गर खाएर युट्युबरले राखे विश्व किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:३०

४ कात्तिक, काठमाडौं । बेलायतका एकजना युट्युबेले बर्गर हसुरेर गिनिज बुकमा नाम लेखाएका छन् । लण्डनका बासिन्दा ३४ वर्षीय म्याक्स स्टान्फोर्डले एक घण्टा भन्दा कम समयमा म्याक डोनाल्डका २३ वटा भेगान बर्गर बुत्याए ।

२३ वटा बर्गर खाएको म्याक्स भर्सेस फूड शीर्षकको भिडियो उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । उनले २५ वटा बर्गर खाएर १० हजार क्यालेरी उर्जा प्राप्त गर्ने लक्ष्य राखेको भएपनि २३ वटा मात्र खान सकेका थिए ।

स्टानफोर्डले किर्तिमानी सहित खाएका बर्गर म्याकडोनाल्डका पछिल्ला उत्पादन हुन् । पूर्णरुपमा वनस्पतीजन्य उत्पादनबाट बनाइएको उक्त बर्गरमा भेगान चिज र भेगान स्याण्डविच ससको प्रयोग गरिएको छ। म्याकडोनाल्डले परीक्षणको रुपमा उक्त म्याक प्लान्ट नामक बर्गर उत्पादन सुरु गरेको हो ।

Max said the last five burgers were a real struggle to get down

स्नाडफोर्डले भनेका छन्, ‘यो नयाँ बर्गरका बारेमा धेरै चर्चा भयो । र, मैले पनि सधै नयाँ खानेकुराको स्वाद लिने प्रयास गर्दछु ।

आफुले सुरुमा २५ वटा बर्गर खाने लक्ष्य लिएको भएपनि २० औँ बर्गर खान सुरु गर्दाखेरी नै आफुलाई चुनौति कति कठीन छ भन्ने महसुस भैसकेको उनी बताउँछन् ।

५९ मिनेट ४५ सेकेण्डमा उनले २३ वटा बर्गर खाएर सिध्याएका थिए ।

The McPlant is the newest vegan creation from the fast-food giant, who are currently trialling the burger

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?