+
+

रत्ननगर अस्पतालमा तोडफोड, सुरक्षा गार्ड कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १०:१८

५ कात्तिक, चितवन । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए ।

तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिए ।

उनले राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?