+
+

क्यामरुनी गोलकिपर प्रिसोले थ्री स्टारबाटै ए डिभिजन लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:४४

५ कात्तिक, काठमाडौं । अफ्रिकन खेलाडी प्रिसोले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता थ्री स्टार क्लबबाट खेल्ने भएका छन् । क्यामरुनी गोलकिपर प्रिसोले शुक्रबार ललितपुरको क्लब थ्री स्टारसँग सम्झौता नवीकरण गरेका हुन् ।

थ्री स्टारले शुक्रबार गोलकिपर प्रिसोले सम्झौता नवीकरण गरेको जनाएको छ । यसअघि प्रिसोले २०७६ सालमा भएको लिग थ्री स्टारबाटै खेलेका थिए ।

प्रिसो यसै साताको शुरुमा नेपाल आइपुगेको र उनले नयाँ सिजन थ्री स्टारबाटै खेल्ने क्लबले जनाएको छ । ए डिभिजन लिग कात्तिक २९ बाट शुरु हुँदैछ ।

थ्री स्टारसँग सम्झौता गरेपछि प्रिसोले नयाँ सिजन अझ राम्रो प्रदर्शन गर्ने बताए । ‘थ्री स्टार मेरो हृदयमा छ । यहाँको वातावरण माया, समर्थन र प्रेरणाले भरिएको छ,’ उनले भने, ‘आगामी सिजन हामी लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास गर्दछौं । हामी सबै उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नेछौं ।’

थ्री स्टारले यसै सिजनका लागि युवा गोलकिपर अरुण ब्लोनलाई अनुबन्ध गरिसकेको छ । थ्री स्टारले कप्तान विक्रम लामासहित डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनग्य नकर्मीसँगको सम्झौता नवीकरण गरिसकेको छ भने राष्ट्रिय टिमका युवा मिडफिल्डर आयुष घलान लगायत नयाँ खेलाडी समेत अनुबन्ध गरेको छ ।

थ्री स्टारले यसअघि नै विदेशी खेलाडी मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?