+
+

कर्मचारीलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्ता ७ दिन हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १६:२०
जनकपुरधाममा प्रहरी कार्यालय घेराउ गर्दै जनमत पार्टीका कार्यकर्ता ।

५ कात्तिक, जनकपुरधाम । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई बिहीबार शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए । उनीमाथि दुर्व्यवहार गर्ने १७ जनालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको छ ।

जिल्ला अदालतबाट उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ । अभियोग पुष्टि भएमा उनिहरुलाई अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।

जनमत पार्टीको प्रदर्शन

आफ्ना कार्यकर्ता पक्राउको विरोधमा जनमत पार्टीले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको छ । प्रदर्शनसहित नगर परिक्रमा गरेको जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयबाहिर धर्ना दिएको थियो ।

प्रदर्शनकारीले पक्राउ परेका पार्टी कार्यकर्ता रिहाइको माग गरेका छन् । उनीहरुको प्रदर्शन र धर्नाका क्रममा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका जनमत पार्टीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?