+
+

बाढी पहिरोबाट मृत्यु हुने १११ पुगे, ३७ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते २०:०८

५ कात्तिक, काठमाडौं । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी शुक्रबारसम्‍म १११ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ ।

बेपत्ताको खोजीकार्य जारी छ । बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?