+
+

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १९:१८
प्रतीकात्मक तस्वीर

५ कात्तिक, सुर्खेत । सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा बन्गाड कुपिण्डे नगरपालिका–११, माझकाँडाका ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा बुढालाई माझकाँडा खोलाले बगाएको थियो ।

खोला तर्ने क्रममा बगेका उनी खोलादेखि करिब २५ मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?