+
+

विराटनगरको एक मोबाइल पसलमा दोस्रो पटक चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १५:०५

६ कात्तिक, विराटनगर । विराटनगरको महेन्द्र चोकमा रहेको मोबाइल पसलमा चोरी भएको छ ।

शुक्रबार राति विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा दोस्रो पटक चोरी भएको हो ।

पसलमा सञ्चालक मधुकुमार राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको हो । यो पटक भने १५–१६ वटा मोबाइल पसलबाट चोरिएको उनले बताए ।

शनिबार बिहान साढे ११ बजे पसल आउँदा उनले चोरी भएको थाहा पाएका थिए । ‘हिजो बेलुका पसल बन्द गरेर घर गएको थिएँ,’ उनले भने, ‘आज ढिलोगरी आउँदा चोरी भएको थाहा भयो ।’

उनका अनुसार पसलबाट १५–१६ वटा स्मार्ट फोनहरु चोरिएका छन् । नयाँ मोबाइलको खोल भने पसलबाट केही पर भेटिएको थियो ।

किराना पसलको सटर फोरेर भित्र पसेको चोरले मोबाइल पसल र किराना पसको भित्र पट्टी लगाएको प्लाइको बेरा काटेर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?