
७ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १२६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलामा १२५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4