+
+

अफगानिस्तानमा मानव अधिकारको रक्षा गर्न शान्ति समाजको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १३:३३
फाइल तस्वीर

७ कात्तिक, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकारको रक्षा गर्न संयुक्त राष्ट्र संघको ध्यान जानुपर्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा समाजले आइतबार बुटवलमा गरेको प्रदर्शनमा  समाजका सभापति गोविन्द खनालले अफगानिस्तानमा तालिबानको सरकार बनेसँगै त्यहाँका नागरिकको मानव अधिकारमाथि प्रश्न उठेको बताए ।

अफगानिस्तानमा मानवअधिकारको रक्षा र शान्ति कायम गर्न संयुक्त राष्ट्र संघलगायत विश्वका सरकारहरुले ध्यान दिनुपर्ने खनालले बताए ।

कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेलले तानाशाही शासन संसारमा कहीं पनि नटिक्ने भन्दै अफगानिस्तानका महिलाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैले तालिबान सरकारलाई दबाब दिनुपर्ने बताए ।

समाजले ‘अफगानिस्तानलाई नर्क हुनबाट जोगाऔं’, ‘तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?’, ‘तालिबानको शासनमा असुरक्षित महिला’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेर संयुक्त राष्ट्र संघ दिवस मनाएको समाजका जिल्ला सभापति डीपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?