+
+

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १८:३३

७ कात्तिक, बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुबाहक बस मोतीपुरको ओरालोमा सडकदेखि तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी घोराही नगरपालिका–१० का २८ वर्षीय प्रेम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । घोराही–तुलसीपुर सडक अस्तव्यस्त हुनुका साथै सडक भत्किएका कारण ब्रेक लगाउँदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपी काफ्लेले बताए ।

बसले च्यापेका २२ वर्षीय एक युवकलाई जेसीभीको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?