
७ कात्तिक, डोटी। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरोबाट र डुबानबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहात स्वरुप एक लाख रुपैयाँ दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौषमी बर्षाका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई प्रदेश सरकारले राहात स्वरुप एक लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिइन् ।
उनले भनिन्, ‘मृतकका परिवारलाई राहात स्वरुप तत्काल एक लाख रुपैयाँ उपलव्ध गराउने निर्णय भएको छ’ आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले भनिन् ‘मृतकको काजकिरीयाका लागि थप २० हजार रुपैयाँ दिने निर्णय भएको छ ।’
मन्त्री जोशीले घर पूर्ण रुपमा क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ दिने पनि प्रदेश सरकारले निर्णय गरेको जानकारी दिइन् ।
राहात रकम जिल्ला प्रशासन कार्यालयमार्फत सम्वन्धित व्यक्तिको खातामा भुक्तानी गरिने मन्त्री जोशीले बताइन् ।
सुदूरपश्चिममा बाढीपहिरोका कारण ३७ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् ।
प्रतिक्रिया 4