+
+

टी–२० विश्वकपमा बंगलादेशमाथि श्रीलंकाको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते २०:०६

७ कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित हात पारेको छ ।

आइतबार युएईको शारजहामा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ७ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि चरित असलंकाले अविजित ८० रन बनाए भने भानुका राजापाक्षेले ५३ रन जोडे । ७९ रन जोड्दा ४ विकेट गुमाएको श्रीलंकाका लागि चरितले भानुकासँग ८६ रनको साझेदारी गरेका थिए । पथुम निशंकाले २४ रन बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि मोहम्मद नइमले ६२ रन बनाए भने मुस्फिकर रहिमले अविजित ५७ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment