
१० कात्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।
मंगलबार १ हजार २ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4