+
+

अंशु फातीले रायो भालेकानोसँगको खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १४:१४

१० कात्तिक, काठमाडौं । बार्सिलोनाका युवा स्टार अंशु फातीले घुँडाको चोटका कारण ला लिगामा आज राति हुने रायो भालेकानोसँगको खेल गुमाउने भएका छन् ।

दायाँ घुँडामा समस्या भएपछि फातीले भालेकानोसँगको खेल नखेल्ने बार्सिलोनाले जनाएको छ ।

बार्सिलोनाले भालेकानोसँग खेल्ने टोलीमा फातीलाई पनि समावेश गरेको थियो । तर अब उनी टिममा नहुने क्लबले जनाएको छ । साथै उनी कहिले मैदान फर्कने भन्ने पनि यकिन छैन ।

यसअघि फाती चोटका कारण करिब एक वर्ष मैदान बाहिर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?