+
+

अष्ट्रेलियामा बजार खुल्न थाले, विदेशी विद्यार्थी नफर्किँदा कामदार अभाव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १५:०७

१० कात्तिक, काठमाडौं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि  ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ-आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ ।

त्यस्तै,  कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । अर्थतन्त्र खुला भएको छ । तर सिड्नीज अल सिजन्सजस्ता हस्पिटालिटी केन्द्रित फर्मले सेवा दिन सकेका छैनन् ।

सर्वसाधारणको भीड हुने व्यवसायमा सबैभन्दा धेरै श्रम अभाव देखिएको रोएटर्सले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार रोजगार भिसा पाएका गैरआवासीय कामदारको संख्या गत वर्षदेखि यो वर्षको जुनसम्म दुईतिहाइले घटेको छ ।

अन्य देशबाट पढ्न आउने विद्यार्थीको संख्या समेत त्यसरी नै घटेको भिक्टोरिया विश्वविद्यालयका शिक्षा नीतिसम्बन्धी सोधकर्ता पिटर हर्लीले बताए । हाल अष्ट्रेलियामा रहेका विद्यार्थीको संख्या महामारी शुरु हुँदाको भन्दा झण्डै आधाले कम छ ।

२२ लाख अनौपचारिक कामदार बस्ने सिड्नीमा चार महिनापछि लकडाउन हटाइएको छ । तर त्यहाँ काम गर्ने मानिस फेला पार्न कठिनाइ भइरहेको छ ।

न्यू साउथ वेल्स राज्य सरकारले विदेशी विद्यार्थीलाई पुन: ल्याउने तयारी गरेको छ । श्रम अभाव पूर्ति गर्न अष्ट्रेलिया प्रवेश गर्न पाउने विद्यार्थीको संख्या महामारीपूर्वको तुलनामा दोब्बरले बढाएर हरेक वर्ष ४ लाख पुर्‍याउने राज्य सरकारको भनाइ छ ।

देशभर १६० पब (रक्सी पसल) र क्लब सञ्चालन गर्दै आएको अष्ट्रेलिया भेन्यु कम्पनीले तीन महिनाभन्दा बढी बस्ने नयाँ किचेन तथा फ्लोर स्टाफलाई एक हजार अष्ट्रेलियन डलर बराबरको भौचर दिने बताएको छ । कर्मचारी नभेटिएपछि कम्पनीले यस्तो अफर गरेको हो ।

सिड्नीमा विश्वविद्यालय, व्यवसायिक तथा सरकारी भवनलाई सुरक्षा प्रदान गर्दै आएको एमएसएस सेक्युरिटी कम्पनीले हरेक वर्ष उद्योगमा चाहिने तालिममा १० लाख डलर खर्च गर्ने बताएको छ । त्यस्तै, गत वर्षको शुरुदेखि खाली रहेको पद चार सय पद पूर्ति गर्न सघाउने कम्पनीका प्रबन्ध निर्देशक जीओफ एलकले बताए ।

यता बोन्डी बीचस्थित पोम्पेई नामक लोकप्रिय इटालियन कम्पनी आफ्ना आधा कर्मचारी देश छोडेका कारण आफ्नो सेवा सीमित पार्ने बताएको छ । लकडाउनमा समेत घर-घरमा खाना डेलिभरी गरेको सो कम्पनीका मालिक जर्ज पोम्पेईले २० वर्षपछि पहिलो पटक शनिबार र आइतबार रेन्टुरेन्ट बन्द गर्न लागेको बताए ।

सम्भावित व्यक्तिलाई रेष्टुरेन्टमा काम गर्न आएबापत् २ हजार अस्ट्रेलियन डलर अग्रीम बोनस (साइन अन बोनस) भनेर विज्ञापन गर्दा पनि अन्तर्वार्ता दिन कोही नआएको पोम्पेईले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?