+
+

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १५:२४

१० कात्तिक, काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ ।

बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।

बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको मूल्य ८.६८ प्रतिशतले वृद्धि भएर ५८० रुपैयाँ पुगेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसमेत बढी कमाउने कम्पनीमा परे । बुधबार नबिल बैंकको सबैभन्दा बढी कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?