+
+

इन्जुरी टाइमा गोल खाएपछि युभेन्ट्स घरेलु मैदानमै पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ७:१२

काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्स घरेलु मैदानमा सासुलोसँग २-१ ले पराजित भएको छ ।

यस सिजन खराब प्रदर्शन गरिरहेको युभेन्ट्सको लिगमा यो तेस्रो हार हो । ससुलोको जितमा ४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले र इन्जुरी टाइममा म्याक्सिम लोपेजले गोल गरेका थिए ।

युभेन्ट्सका लागि ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले एक गोल फर्काए ।

जितपछि ससुलो १० खेलबाट १४ अंक जोडेर नवौं स्थानमा उक्लेको छ । समान खेलबाट १५ अंक रहेको युभेन्छ्स सातौं स्थानमा छ ।

सिरी ए को अन्य खेलमा इन्टर मिलान, रोमा र एटलान्टा विजयी भएका छन् ।

इन्टरले एम्पाओलीलाई २-० ले पराजित गर्दा रोमाले काग्लियारीलाई २-१ ले हराएको छ । यस्तै एटलान्टाले साम्पडोरियालाई ३-१ ले र लाजियवले फियोरेन्टिनालाई १-० ले हराएको छ ।

जितपछि इन्टर मिलान १० खेलबाट २१ अंक जोड्दै तेस्रो स्थानमा छ । यस्तै समान खेल खेलेका रोमा १९ अंकसहित चौथो, एटलान्टा १८ अंकसहित पाँचौ स्थानमा छ भने लाजियो १७ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?