+
+

छिरिङले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:४८

११ कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनका लागि डिफेन्डर छिरिङ गुरुङलाई अनुबन्ध गरेको छ ।

यसअघि च्यासल युथ क्लबबाट लिग खेलेका २३ वर्षीय छिरिङलाई मछिन्द्रले अनुबन्ध गरेको बिहीबार जनाएको छ । छिरिङले मछिन्द्रसँग एक वर्षको सम्झौता गरेका छन् ।

छिरिङले उमेर समूह हुँदा राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले गत चैतमा राष्ट्रिय टिमबाट थ्री नेसन्स कपको उपाधि जितेका थिए । यस्तै वैशाख–जेठमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उनले काठमाडौं रेजर्सबाट खेलेका थिए । काठमाडौंले एनएसएलको उपाधि जितेको थियो ।

साविक विजेता मछिन्द्रले उपाधि रक्षा गर्ने लक्ष्यका क्लबका खेलाडीहरुको सम्झौता नवीकरण गर्ने र नयाँ खेलाडीहरु अनुबन्ध गर्ने काम तीव्र बनाएको छ । पछिल्लो लिगमा अन्तिम खेल मात्र खेलेका विमल घर्ती मगरसँग पनि मछिन्द्रले सम्झौता गरिसकेको छ ।

मछिन्द्रले विदेशी कोटामा अजरबैजानको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई पनि अनुबन्ध गरिसकेको छ ।

यस्तै राष्ट्रिय टिमका युवा स्टार मनिष डाँगीलाई पनि मछिन्द्रले अनुबन्ध गरिसकेको छ । गत सिजन च्यासलबाटै खेलेका सुनिल बल पनि मछिन्द्रमा अनुबन्धित भइसकेका छन् ।

यसैगरी मछिन्द्रले गोलकिपर विशाल श्रेष्ठ र सूर्य अधिकारी, डिफेण्डर रञ्जित धिमाल र देवेन्द्र तामाङ, मिडफिल्डर विशाल राई र सुजल श्रेष्ठ तथा फरवार्ड रेजिन सुब्बा र अभिषेक रिजालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?