+
+

नबिल बैंकद्वारा गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १६:५१

काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ ।

नबिल बैंकका प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई उद्यमका लागि गाउँपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका सञ्चालक आशा राणा अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताइन् ।
त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्र्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई आर्थिक रुपमा बलियो बनाउने विश्वास व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष सिता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा बैंकलाई धन्यवाद दिइन् । उनले वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनु पर्ने र त्यसका लागि गाउँपालिकाकोे सधैं सहयोग रहने बताइन् ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुका स्थानीयको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?