

११ कात्तिक, काठमाडौं । अभिनेता राजेश हमालले आफ्नै स्वरमा गीत रेकर्ड गराएका छन् । उनले दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेन्जमा ‘मन बुढो भएन’ बोलको रोमान्टिक गीतमा स्वर भरेका हुन् । गीतमा हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको स्वर छ ।
अनामनगरस्थित वेभ स्टुडियोमा दुई महिना अगाडि गीत रेकर्ड गरिएको गीतकार तथा संगीतकार दीपक शर्माले जानकारी दिए । देवेन्द्र पाण्डेको निर्देशनमा गीतको भिडियो निर्माण गर्ने तयारी रहेको र तिहार अगाडि भिडियो सार्वजनिक हुने उनले बताए ।
शर्माका अनुसार नायक हमालले आफूलाई मिल्दो र उमेर सुहाउँदो गीत रेकर्ड गर्ने इच्छा व्यक्त गरेका थिए । निर्देशक देवेन्द्र मार्फत दीपकले हमाललाई गीत सुनाएका थिए र उनले गीत मन पराएपछि रेकर्ड गरिएको शर्माको भनाइ छ ।
गीतकार एवं संगीतकार शर्माले हमालले आफूले सोचेको भन्दा राम्रो गीत गाएको बताए । उनले अगाडि भने, ‘दाइ व्यावसायिक गायक होइन । उहाँबाट व्यावसायिक गायकको जस्तो अपेक्षा गर्न मिल्दैन । तर, मैले सोचेभन्दा धेरै राम्रो गाउनुभएको छ ।’
भिडियोमा राजेश हमालसँगै रेश्मा घिमिरे लगायतको अभिनय रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित