+
+

साधना लघुवित्तको २६ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १६:२८

१३ कात्तिक, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको २६.३२ लाभांश पारित भएको छ । शनिबार बसेको पाँचौ वार्षिक साधारणले घोषित लाभांश पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७÷०७८को नाफाबाट २५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

साधारणसभाले नयाँ सञ्चालकहरु समेत निर्वाचित गरेको छ । संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी कृष्ण बहादुर थापा, डा.नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिलाई सञ्चालकको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले कृष्ण बहादुर थापालाई अध्यक्ष चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?