+
+

गण्डकीमा नौ लाखले लगाए कोरोनाविरुद्धको खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १७:२१

१३ कात्तिक, वीरगञ्ज । गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार चार सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार नौ सय ६७ रहेको छ ।

गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार एक सय नौ ले दुवै, कास्कीमा दुई लाख ७८ हजार दुई सय ९७ ले पहिलो र एक लाख ८८ हजार छ सय २९ ले दुवै, लमजुङमा ६९ हजार सात सय ६७ ले पहिलो र ५० हजार नौ सय ८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार पाँच सय ९६ ले दुवै, बागलुङमा ७४ हजार एक सय १५ ले पहिलो र ५० हजार तीन सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार पाँच सय ३२ ले पहिलो र २१ हजार तीन सय ३६ ले दुवै, पर्वतमा ४४ हजार चार सय १८ ले पहिलो र ३७ हजार तीन सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार चार सय ४० ले पहिलो र ७१ हजार आठ सय ४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार चार सय ७९ ले दोस्रो, मुस्ताङमा छ हजार तीन सय २७ ले पहिलो र छ हजार तीन सय ९४ ले दुवै मात्रा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?