+
+

अन्तरिक प्रशिक्षक सर्जीको पहिलो खेलमा बार्सिलोनाको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ८:२७

काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले अलाभेजसँग १-१ को बराबरी खेलेको छ । प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्तमा परेपछि अन्तरिम प्रशिक्षक सर्जी बार्जुअनले सम्हालेका पहिलो खेलमा बार्सिलोनाले बराबरी खेलेको हो ।

खेलमा बार्सिलोनाले पहिलो अग्रता लिए पनि कायम राख्न सकेन । घरेलु मैदान क्याम्प नोउमा पहिलो हाफ गोलरहित बराबरी भए पनि ४९औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई पहिले अग्रता दिलाएका थिए । तर ५२औं मिनेटमा अलाभेजका लुइस रियोजाले बराबरी गोल फर्काए ।

खेलमा बार्सिलोनाका फरवार्ड सर्जियो अगुएरोलाई छातीमा समस्या देखिएपछि उनलाई हस्पिटल लगिएको थियो ।

छातीमा समस्या देखिएपछि उनलाई कार्डिएक टेष्टका लागि एम्बुलेन्समा हस्पिटल लगिएको बार्सिलोनाले जनाएको थियो ।

बराबरीपछि ११ खेलबाट १६ अंक जोडेको बार्सिलोना नवौं स्थानमा छ । अलाभेज १० अंकसहित १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?