+
+

पासपोर्ट बनाउनेको भीड, रातिबाटै लाइनमा सेवाग्राही

शंकर गिरी शंकर गिरी
२०७८ कात्तिक १४ गते १७:१२

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ ।

राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।

छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो’, उनले भने ।

उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए ।

अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।

हेर्नुहोस् राहदानी विभाग अगाडिको भीड–

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?