
बलिउडमा केही दिनयता कलाकारहरुको बिहेको खबरले चर्चा पाइरहेको छ । रणवीर कपुर र आलिया भट्ट, कट्रिना कैफ र विक्की कौशलको बिहेको चर्चा चलिरहेको छ । यसैविच, अर्को एक जोडीको बिहे चर्चा पनि सुरु भएको छ ।
बलिउड नायक राजकुमार राव र कलाकार पत्रलेखाविच चाडै नै बिहे बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनीहरु तिहारपछि बिहेको तयारीमा लागेको मिडिया रिपोर्टमा उल्लेख छ । राजकुमार र पत्रलेखा नोभेम्बर १० देखि १२ तारिखसम्म बिहेको तयारी गरिरहेका छन् ।
उनीहरुले यो बिषयमा आफ्ना नजिकका साथीहरुलाई जानकारी समेत दिइसकेका छन् । राजकुमार र पत्रलेखाले एक अर्कालाई लामो समयदेखि डेट गरिरहेका छन् । उनीहरु लिभ इन रिलेशनसिपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4