+
+

रंगभेदी दुर्व्यवहारपछि जाहाले भने- म सधैं कालो हुँ र यसमा गर्व गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १६:२७

१४ कात्तिक, काठमाडौं । क्रिस्टल प्यालेसका विंगर विलफ्रेड जाहामाथि रंगभेदी दुर्व्यवहार भएको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई २-० गोलअन्तरले हराएपछि जाहामाथि रंगभेदी दुर्व्यवहार भएको हो ।

खेललगत्तै जाहालाई इन्स्टाग्राममा कैयौं रंगभेदी सन्देश पठाइएको थियो । आफूमाथि दुर्व्यवहार भएपछि जाहाले रंगभेदलाई गम्भीर रुपमा लिन अधिकारीहरूसमक्ष आग्रह गरेका छन् । सहानुभूतिको साटो आफूले कदम चालेको हेर्न चाहेको उनको भनाइ छ ।

इन्स्टाग्राममा रंगभेदी सन्देशको स्क्रिनशट पोष्ट गर्दै जाहाले भनेका छन्, ‘यो हामी तपाईँको साथमा छौं भनेर भनेर लेखिएको सन्देश होइन र यो घृणित छ वा मैले सहानुभूति पाउने कुरासँग जोडिएको छ ।’

‘वास्तविक समस्या हल गर्नुको साटो भइरहेको सबै बकवासका लागि यो पोष्ट गरेको होइन,’ उनको इन्स्टाग्राममा लेखिएको छ, ‘मैले दुर्व्यवहारलाई खासै मतलब गर्दिनँ र यसलाई बहाना बनाइनु हुन्न किनभने मैले गर्ने कामसँगै यस्तो हुने गर्छ । तर मेरो रंग/वर्ण सधैं वास्तविक समस्या बन्ने छ र म सधैं कालो हुँ र यसमा गर्व गर्छु ।’

क्रिस्टलको जीतमा जाहाले शुरुवाती गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?