+
+

सेमिफाइनल पुग्न भारत अफगानिस्तानमाथि निर्भर !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १५:५२

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा उपाधि दाबेदार मानिएको भारत लगातार दोस्रो हारपछि प्रतियोगिताबाटै बाहिरिने अवस्थामा पुगेको छ ।

सुपर(१२ को ग्रुप २ मा सुरुवाती दुई खेल हारेपछि भारतलाई सेमिफाइनल पुग्न कठिन चुनौती छ । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको हार व्यहोरेको भारत आइतबार न्युजिल्याण्डसंग ८ विकेटले पराजित भयो । समूह चरणमा भारतले अब अफगानिस्तान, नामिविया र स्कटल्याण्डसँग खेल्न बाँकी छ ।

भारतले अब सेमिफाइनल पुग्न यी तीन देशसँगको खेल जितेर मात्र पुग्दैन समूहमा रहेका अरु देशको खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ ।

अहिलेसम्म यो समूहमा पाकिस्तान तीनवटै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । दुई खेल जितेको अफगानिस्तान ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । २ खेलबाट २ अंकसहित न्युजिल्याण्ड तेस्रो र २ अंक नै रहेको नामिबिया चौथो स्थानमा छ । भारत दुई खेलबाट अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।

अब भारतको सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनुपर्नेछ । यस्तै भारतले आफ्नो बाँकी तीन खेलमा अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई पनि हराउनैपर्नेछ । भारतले अब नोभेम्बर ३ मा अफनिस्तानसंग खेल्दैछ । यस्तै नोभेम्बर ५ मा स्कटल्याण्ड र नोभेम्बर ८ मा नामिबियासँग खेल्नेछ ।

अफगानिस्तान र न्युजिल्याण्डबीचको खेल नोभेम्बर ७ मा हुनेछ । यदि भारतले तीन खेल जित्ने, अफगानिस्तानले न्युजिल्याण्डलाई हराउने अनि न्युजिल्याण्डले स्कटल्याण्ड र नामिवियासँगको खेल जितेमा तीन टोलीको समान ६ अंक हुन सक्छ । यस्तोमा नेट रनरेट निर्णायक बन्नेछ । अहिलेको अवस्था अफगानिस्तानको रनरेट ३.०७९ छ भने भारतको रनरेट माइनस १.६०९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?