
१५ कात्तिक, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित ब्रहमायणी नदी किनारमा एकजना पुरुष मृत अवस्थामा भेटिएको छ ।
आइतबार विहान १० बजे बलेफी गाउँपालिका-२ भुजुङे बस्ने ४० वर्षीय राजु नेपाली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृतको लास चौतारा अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4