+
+

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै तेस्रो दिनको विरोध कार्यक्रम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १०:४६

१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम शुरु गरेका छन् ।

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिंदै आएको छ । आज सम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?