+
+

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : अधिवक्ता अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १२:१०

१६ कात्तिक, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् । राजीनामा बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।

सर्वोच्च अदालत परिसरमा आज तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।

यसैगरी अधिवक्ता बालकृष्ण ढकालले प्रधानन्यायाधीश जबरा जति समय पदमा बस्यो, न्यायापालिका त्यति नै क्षयीकरण हुने बताए ।

उनले भने– तपाईं जति समय बस्ने हो, न्यायपालिका त्यति क्षयीकरण हुने हो । चाँडोभन्दा चाँडो निकास निकाल्नुस् । सम्मानित तरिकाले बहिर्गमित हुनुस् । राजीनामा नदिए सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनसक्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?