
१६ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णुराज ढकाललाई दिएको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए ।
मन्त्री गहतराजले खेलकुद विकास ऐन २०७७ को दफा १७ (१२) बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुदासम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।
सरकारले कात्तिक १ गते रमेश सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद रिक्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4