+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अब कनेक्ट आईपीएसमार्फत काठमाडौं महानगरपालिकाको कर भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १८:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएस मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागि काठमाडौं महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो ।

यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अन्लाइन भुक्तानीको लागि कनेक्ट आईपीएस ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

यससँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफूलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ । यसरी आवद्ध गरी सकेपछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागि आफ्नोे बैंक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?