+
+

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १८:५७

जाडोको मौसम शुरु भएको छ । जाडोमा मान्छेको छाला सुख्खा हुने भएकाले यो मौसममा धेरै ख्याल गर्नुपर्ने हुन्छ । बजारमा धेरैथरी सौन्दर्यका सामानहरु पाइन्छन् । तर यसको प्रयोगमा के–के ध्यान दिने र कसरी प्रयोग गर्ने ? भन्ने विषयमा स्टेला ब्राण्डका निर्देशक प्रदीप चावडासँग हामीले कुराकानी गरेका छौं । चिसोको मौसममा हाम्रो छालालाई कसरी सुरक्षित गर्ने ? भन्ने विषयमा चावडाले दिएको टिप्स :

अहिले जाडोको मौसम बढ्दै छ । बजारमा पाइने सौन्दर्य प्रशाधनमध्ये पनि मोइस्चराइजर बढी बिक्री हुने गरेको छ । चिसो मौसममा मान्छेको छाला धेरै सुख्खा हुने भएकोले त्यसबाट बच्न यस्ता प्रशाधन बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

जाडोमा कतिपयले सन प्रोटेक्सन क्रिम लगाउँदैनन् । तर, यतिबेला पनि घामको विकिरण र अन्य विकिरणले असर गर्न सक्ने भएकोले सन प्रोटेक्सन क्रिम लगाउन छाड्नु हुँदैन । हामी धेरैबेर मोबाइल वा कम्युटरको स्क्रिन अगाडि बस्छौं । यसले गर्दा हाम्रो छाला सुख्खा भइरहेको हुन सक्छ । त्यसैले जाडोमा सिधा घामको विकिरणले भेटेको छैन भन्दैमा सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

अर्कोतर्फ कुनै पोल वा अन्य टावरको मुनि बस्दा पनि त्यसमा आउने विकिरणले हाम्रो छालालाई असर गरिरहेको हुन सक्छ । यसबाहेक विभिन्न खाले प्रकाशले पनि छालालाई असर गर्नसक्ने भएकाले सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

नेपालमा एउटा दुविधा हुन सक्छ कि नेपालको हावापानी सुहाउँदो सौन्दर्य प्रशाधन कस्तो हुन्छ ? वा कस्ता प्रोडक्टहरु नेपाली हावापानी सुहाउँदा छन् ? नेपाल र भारतको हावापानी मिल्दोजुल्दो भएकोले नेपाली बजारमा आउने र यहाँ उत्पादन हुने सौन्दर्य सामग्रीहरु पनि भारतीय प्रोडक्ट क्वालिटीकै उपयुक्त हुन्छ । यो यहाँका बासिन्दाको लागि हो । तर नेपाल बाहिरका मानिसको हकमा भने सबै प्रोडक्टले उस्तै काम नगर्न सक्छ ।

स्टेला ब्राण्डका निर्देशक प्रदीप चावडा

नेपालमा सौन्दर्य सामग्रीको बजार

पछिल्लो समय नेपाली बजारमा सौन्दर्य सामग्रीको बजार एकदमै फस्टाउँदो अवस्थामा छ । पछिल्लो समय सौन्दर्य बजार आफैंमा प्रतिस्पर्धी हुँदै गएको छ । पछिल्लो समय बजारमा नयाँ प्रविधि र ट्रेनमा चलेको छ । जस्तै, पछिल्लो समय केरोटिनको बजार पनि फस्टाएको छ ।

नेपालमा अहिलेको अवस्थामा कुरा गर्दा १८ वर्षदेखि ५५ वर्षसम्मका मान्छेहरु बढीजसो ब्युटी प्रोडक्टप्रति आकर्षित हुने गरेका छन् । त्यसमध्ये पनि १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिको सौन्दर्य प्रशाधनप्रति अझ बढी आकर्षण रहेको पाइन्छ । यसमा महिला र पुरुष दुवैको सहभागिता रहेपनि महिलाको संख्या बढी देखिन्छ । तर एउटै ब्युटी प्रोडक्ट महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । त्यसैले पछिल्लो समय महिलासँगै पुरुषहरु पनि ब्युटी प्रोडक्टतिर आकर्षित हुन थालेका छन् ।

अहिले स्टेला ब्राण्डले पनि तीन वर्षदेखि नेपालमा आफ्ना सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ । यसमा केरोटिनका प्रोडक्टहरु पनि बिक्री हुँदै आएका छन् । अहिले स्टेला ब्राण्डले छालासम्बन्धी विभिन्न समस्याको उपचारात्मक सौन्दर्य सामग्रीहरु बजारमा ल्याउने गरेको छ । यसबाहेक कम्पनीले तिहारपछि कलर कस्मेटिक पनि लञ्च गर्ने तयारी गरिरहेको छ ।

बजारमा स्टेला ब्राण्ड लोकप्रिय ब्राण्डको रुपमा रहेको छ । केरोटिन ट्रिटमेन्ट बजारमा टन्नै हुँदाहुँदै पनि धेरै केमिकल नभएको र स्वास्थ्यलाई समेत ध्यान दिएर बनाइएको ब्राण्ड भएकाले पनि यो ब्राण्डलाई धेरैले मन पराउने गरेका छन् । यसका ब्राण्डहरु बजारमा केही महँगा देखिन्छन् । तर विश्वासिलो र गुणस्तरीय सामानको प्रयोग गरिने भएकोले अन्य ब्राण्डको तुलनामा यो केही महँगो देखिन्छ । यद्यपि हाम्रो स्वास्थ्य र गुणस्तरलाई आधार मान्दा यो त्यति साह्रो महँगो पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?