+
+
Shares

महाअभियोग दर्ता गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्छ : जसपा नेता राई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १३:५०

१७ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाअभियोग प्रस्ताव पेश गर्नुपर्ने बताएका छन् ।

महाअभियोग प्रस्ताव दर्ता गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्ने राईले बताए । ‘प्रधानन्यायाधीशको विकृति गम्भीर रुपमा देखिएको छ । त्यसैले उहाँले राजीनामा दिएर निकाश दिएको भए सबैभन्दा राम्रो हुन्थ्यो,’ राईले अनलाइनखबरसँग भने, ‘यदि उहाँले राजीनामा दिनुहुन्न भने महाअभियोग प्रस्ताव दर्ता गर्न विशेष अधिवेशन बोलाइहाल्नुपर्छ ।’

उनले यदि सरकारले विशेष अधिवेशन आह्वान गरेन भने सांसदहरु नै जुट्नुपर्ने र त्यसमा आफ्नो समर्थन रहने बताए । नेता राईले अदालतभित्रको विकृति अन्त्य गर्नका लागि राजनीतिक दलहरुले अहिले उपयुक्त मौका पाएको पनि बताए ।

यद्यपि, नेता राईको राजनीतिक दल जसपाले भने सर्वोच्चमा देखिएको आन्दोलनका बिषयमा अहिलेसम्म आधिकारिक धारणा तय गरिसकेको छैन।

अदालतमा न्यायाधीशहरु आन्दोलन गरिरहने र प्रधानन्यायाधीशले निकास दिन नचाहने भइरहेकाले अहिले आन्दोलनरत न्यायालयको ध्यान दल तथा संसदतिर सोझिएको छ । तर केही सांसदहरुले फाट्फुट्ट बोल्न थाले पनि दलहरु भने मौन छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?