+
+

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १५:२३

१७ कात्तिक, काठमाडौं । तिहारको बिदा अघि शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ अंकमा पुगेको हो ।

नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेको छ । कारोबार रकम पनि औसत नै देखिएको छ । दिनभर भएक ६१ हजार ७४५ कारोबारबाट बुधबार २२९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १ सय ५२ रुपैयाँमा रोकिएको छ ।

बुधबार धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । यसैगरी दोस्रोमा साहज उर्जा र तेस्रोमा आईसीएफसी फाइनान्स कम्पनी देखिएको छ । दुवै कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?