+

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

२०७८ कात्तिक  १७ गते १७:३८ २०७८ कात्तिक १७ गते १७:३८
महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

१७ कात्तिक, काठमाडौं। आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग खेल्ने भएको छ ।

युएईमा यही नोभेम्बरमा हुने छनोटमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टिमले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

नेपाली महिला टिमले पछिल्लो पटक २०१९ डिसेम्बरमा पोखरामा भएको १३औं साग खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी२० विश्वकपको पहिलो खुड्किलाको रुपमा रहेको एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

प्रतियोगितामा नेपाल र हङकङसहित भुटान, कुवेत, मलेसिया र आयोजक युएईले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले दोस्रो खेल भुटानसँग नोभेम्बर २३ मा खेल्नेछ । यस्तै तेस्रो खेल नोभेम्बर २५ मा कुवेतसँग, चौथो खेल मलेसियासँग नोभेम्बर २६ र पाँचौ खेल युएईसँग नोभेम्बर २८ मा खेल्नेछ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष हुने ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा पाँच क्षेत्रका उत्कृष्ट टिमहरुसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टिमल २०२३ फेब्रुअरीमा हुने टी२० महिला विश्वकपमा छनोट हुनेछन् ।

छनोटका लागि नेपाल क्रिकेट संघले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ । जगत टमाटाले उनीहरुलाई प्रशिक्षण गराइरहेका छन् ।

नेपाली टिम : रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई

बैकल्पिक खेलाडी : सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी

टी-२० विश्वकप नेपाल महिला हङकङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय