+
+

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ७:२६

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहान स्वदेश फर्किंदै छन् ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन गएका थिए ।

प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल प्रस्थान गरेका थिए । उनी आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्नेछन् ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सदस्यहरु स्वदेश फर्किएका छन् ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उदघाटन समारोहमा सहभागी भई वल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेन अवलोकन गर्नुका साथै त्यहाँ रहेको नेपाली बगैंचामा भोजपत्रको विरुवा रोपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?