+
+

‘नोटको जतन नहुनुमा राष्ट्र बैंक जिम्मेवार छ’

डा. डम्बर चेम्जोङ, मानवशास्त्री डा. डम्बर चेम्जोङ, मानवशास्त्री
२०७८ कात्तिक १८ गते १८:१७

नोट जतनको कुरा गर्दा नेपाली समाजले मात्रै होइन– नोट छाप्ने, सरकार, नीतिनिर्माता, राष्ट्र बैंकले नै नोटलाई कसरी लिन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपाली समाजले किन नोटको जतन गर्दैन ? नोटको माया गर्दैन भन्ने कुरा हैन । पैसाको माया नगर्ने मान्छे हुँदैन ।

यहाँ सबभन्दा खत्तम भनेको पैसा छाप्ने जिम्मेवारीमा बसेको नेपाल राष्ट्र बैंक हो । यसमा पूँजीवादी बजार, आजको बजार व्यवस्था सबैभन्दा जिम्मेवार छ ।

धरानमा एउटा मारवाडी साडी व्यापारीले आएका ग्राहकलाई राम्ररी फिंजाएर साडीहरू देखाउँछ । पैसा नभए पनि ढड्डामा नाम लेखेर साडी दिन्छ । उनीहरूले विश्वासमा आफ्नो व्यापार गरिरहेका हुन्छन् । उसको व्यापार विश्वासले नै चलिरहेको हुन्छ । तर हाम्रो पूँजीवादी बजारमा विश्वासको कमी छ ।

हाम्रोमा पैसा भन्ने कुराको अर्थ छैन भन्ने बुझाइ पैसा छाप्ने र नीति निर्माण गर्नेले नै बनाउँछन् । किन ? अब एक रुपैयाँले केही नआउने भयो, एक रुपैयाँको नोट नै नछाप्ने, २ रुपैयाँले केही आउँदैन यो पनि नोट नछाप्ने । तपाईं अमेरिका जानुस् त्यहाँ एक सेन्टको केही पनि आउँदैन तर त्यहाँ सबैभन्दा धेरै छापिने भनेको वान सेन्ट हो । सेन्ट र पेनी धेरै छापिन्छन् ।

सामानको दाम ४ डलर ९९ सेन्ट राखेपछि मान्छेले ५ डलर दिन्छ । सामानको दाम भन्दा धेरै पैसा दिएपछि फिर्ता दिनु प¥यो । एक सेन्ट त्यहाँ फिर्ता दिन्छन् । तर हाम्रो डिपार्टमेन्ट स्टोर, ग्रोसरी शपहरूमा जाने हो भने थाहा पाइन्छ– दिमाग रनभन्न बनाउने खालको चाइनिज चकलेट दिन्छन् ।

विश्वासको साटासाट र विश्वासको मापन कसले गर्छ भन्दा तपाईं ग्राहक हो भने तपाइँले पाउने फिर्ता पैसाले गर्छ । अमेरिकामा ९ डलर ९९ सेन्ट मूल्य किन राख्छ भन्दा ग्राहकलाई मैले १० डलर पर्ने सामान हो भने १० डलर तिरेको महसूस नहोस् उसले १ सेन्ट फिर्ता पाओस् भन्ने हुन्छ । यहाँ त न पेट्रोलपम्पले पैसा फिर्ता दिन्छ न अन्य पसलहरूले दिन्छन् ।

अरू पसलहरूमा त चकलेट देलान् पम्पले त चकलेट पनि दिंदैन । अब मोटर छ भने त इन्धन लगाउन धेरै दिन लाग्ला, स्कुटर छ भने त ४÷५ दिनमै पेट्रोल हाल्नुपर्ने हुन्छ । अहिले पेट्रोल पम्पमा १४९ रुपैयाँको तेल हाल्यो १५० लिन्छ, पसलहरूमा १ रुपैयाँ वा २ रुपैयाँ फिर्ता आउने छ भने पनि दिंदैनन् ।

अब यहाँ त एक पैसाको कुरा छाडौं, गाईवाला पाँच पैसा पनि छाप्न छाडे । उहिले हामी सानो छँदा गुराँसको फूलवाला एक पैसा हुन्थ्यो । पहिले तामाको हुन्थ्यो, पछि पित्तलको भयो । कागजकै ५० पैसा छापे पनि त हुन्छ नि !

एक पैसा, दुई पैसा जस्ता साना पैसा नछापी त कतिपय देशहरूमा बजार नै चल्दैन । पैसाको भ्यालू छैन । नेपाली समाजले किन पैसाको महत्व बुझ्न छाड्यो भन्ने कुरा उठ्छ, एक त जुवा खालहरूमा पैसाको जतन हुँदैन । हेर पैसाको मलाई मतलब छैन भनेर देखाउनेहरू पनि छन् ।

तर, पुराना कुरा गर्ने हो भने धेरै जतन गर्ने समाज यही हो । हाम्रा बजुहरूले बाक्सा, थैलामा राख्दा पनि पैसा मिलाएर सुरक्षित राख्ने गर्नुभएको थियो । आजको समाजका केही मान्छेहरूले सुरक्षा नगर्लान् । आम रूपमा समाजले नोटको सुरक्षा गर्दैन भन्ने होइन ।

पैसाको महत्व छैन भन्ने कुरा भनेको बैंकबाटै निस्केको हो । सानो दरको पैसा छाप्नै छाडेपछि बजार पनि भ्रष्ट भयो । बजारले सानो पैसा फिर्ता दिनुपर्दा एक त फिर्ता नै दिंदैन अर्कोतर्फ फिर्ता दिन चाहे पनि उसले दिन सक्दैन । एक रुपैयाँ र दुई रुपैयाँ नै छाप्न छाडेपछि कसरी फिर्ता दिनु ? यहाँ कमजोरी भनेकै राष्ट्र बैंकको छ ।

साना दरको नोट किन छाप्न छाडियो भन्दा राज्यलाई भार परेर । त्यहाँ काम गर्ने कर्मचारीले ८० हजार तलब खाँदा राज्यलाई भार नपर्ने अनि पैसा छाप्दा भार पर्ने हुन्छ ? पैसा छाप्ने कुरामा भार प¥यो भनेर हुँदैन ।

यो बजारको कुरा हो । सामाजिक अपराध बढ्यो भनेर ७ बजे रेस्टुरेन्ट बन्द गर्छन् । अपराध गर्नेले रेस्टुरेन्टमै मात्रै गएर अपराध गर्ने हो र ? अपराध गर्नेले अर्को ठाउँमा गर्दैन ? त्यस्तै हो । युरोप अनि अमेरिकाको बजारमा किन साना दरका नोट र पैसा छापिन्छ त्यो पनि त हेर्नुप¥यो ।

(त्रिवि मानव शास्त्र विभाग प्रमुख डा. चेम्जोङसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?