+
+

बेनीको बालगृहमा सामूहिक भाइटीका

रासस रासस
२०७८ कात्तिक २० गते १४:५९

२० कात्तिक, म्याग्दी । म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको उक्त बालगृहका बालबालिकाले एकापसमा टीका र माला लगाएर भाइटीका मनाएका हुन् । अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो ।

बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थालाई धन्यवाद दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?