+
+

लिभरपुल वेष्टह्यामसँग पराजित, आर्सनल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २२ गते ७:२८

काठमाडौं । प्रिमियरल लिगमा आइतबार राति वेष्टह्यामले लिभरपुललाई ३-२ ले पराजित गरेको छ । यस जितपछि लिभरपुललाई नै उछिन्दै वेष्टह्याम अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

लिभरपुले अपराजित यात्रालाई २६ खेल पुर्‍याउने र शीर्ष स्थानको चेल्सीसँग अंकदूरी एक मा झार्ने लक्ष्यसहित मैदान उत्रिए पनि वेष्टह्यामले स्तब्ध पारिदियो ।

खेलको चौथो मिनेटमै लिभरपुलका गोलकिपर एलिसन बेकरले आतमघाती गोल गरेपछि वेष्टह्यामले हपिले अग्रता लियो ।

४१औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर बर्नोल्डले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

तर पाब्लो फोर्नालेसले ६७औं र कुट जुमाले ७४औं मिनेटमा गोल गरेपछि वेष्टह्यामले ३-१ को अग्रता बनायो ।

लिभरपुलका लागि डिभोक ओरिगीले ८३औं मिनेटमा गोल फर्काएपनि हार टार्न पर्याप्त भए ।

जितपछि ११ खेलबाट २३ अंक जोड्दै वेष्टह्याम तेस्रो स्थानमा उक्लेको छ । लिभरपुल समान खेलबाट २२ अंकसहित चौथो स्थानमा छ ।

लिगकै अर्को खेलमा आर्सनलले वाटफोर्डलाई १-० ले पराजित गरेको छ । बुकायो साकाको गोल भिएरले मान्यता नपाउनु अनी पिएरे एमरिक ओबामेयाङले पेनाल्टीमा गोल गर्न नसकेपनि एमिल स्मिथ रोवले ५६औं मिनेटमा बर्सनलका लागि निर्णाय गोल गरे ।

जितपछि ११ खेलबाट २० अंक जोडेर आर्सनल पाँचौ स्थानमा उक्लेको छ ।

लिगकै अन्य खेलमा लेस्टर सिटी र लिड्स युनाइटेडले १-१ तथा टोटनहम हट्सपर र एभरटनले गोलरहित बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?